काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका छन्। शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक तनाव र पछिल्लो घटनाक्रमको विषयमा पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले बोलाउनुको कारण नखुलाए पनि छलफलका लागि बोलाएको जानकारी दिए।