Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत

नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत

दैनिकी न्यूज

१९, आषाढ २०७७
नेप्सेमा ५ कम्पनीको शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार पाँच ओटा कम्पनीको शेयर सूचीकृत भएको छ ।

देवः विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपश्चातको ५० लाख ४० हजार ६८१ दशमलव ६० कित्ता शेयरसहित सिर्जना फाइनान्स, आरएसडीसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमामाई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस वापतको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता, आरएसडिसी लघुवित्तको ६ प्रतिशत बोनस शेयर वापतको ३ लाख ८० हजार १०७ दशमलव २० कित्ता, सिन्धु विकास बैंको ११ दशमलव ५१ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७४ हजार २८७ दशमलव ५ कित्ता र १० प्रतिशत बोनस शेयर वापतको सानिमामाई हाइड्रोको २३ लाख २१ हजार कित्ता शेयर नेप्सेमा कारोबार योग्य भएको हो ।

उक्त शेयर सम्बन्धित कम्पनीको शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - ०५:४०:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology