Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न ललितपुरका शाक्यसहित ४ जना पक्राउ

बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न ललितपुरका शाक्यसहित ४ जना पक्राउ

दैनिकी न्यूज

१८, आषाढ २०७७
बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न ललितपुरका शाक्यसहित ४ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १३:५७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology