काठमाडौं । भोलीदेखि शेयर बजार खुल्ने भएको छ ।
आज नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले भोलीदेखि बजार सुचारु गर्न निर्देशन दिने निर्णय गरेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मोडालिटीको वारेमा नेपाल स्टक एक्सचेञ्जलाई नै जिम्वेवारी दिने गरि बजार खुला गर्न निर्देशन दिन लागिएको जानकारी दिए ।
शेयर बजार खोल्ने या नखोल्ने बारेमा नियामक निकायबीच मतैक्य रहेकै बेला अन्ततः बोर्ड शेयर बजार खोल्ने निष्कर्षमा पुगेको हो ।
गतचैत १० गतेदेखि बन्द बजार लकडाउनका विच वैशाख ३० र ३१ गते खुला भएपनि पुनः बन्द भएको थियो । यो बीचमा बजारमा सुधार गर्नुपर्ने केहि कुराहरु सुधार गरेर खुला गर्न लागिएको बोर्डको भनाइ छ ।
बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आज बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन कमिटि गठन भएको थियो ।
उक्त कमिटिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले भोलीदेखि खुला गर्ने निष्कर्ष निकालेको हो ।
करोरोनाको कारण देश लकडाउन भएपश्चात शेयर बजार गत ३ महीनादेखि बन्द छ। विचमा दुई दिन खुलेपनि दुबै दिन बजार उच्च् रुपले घटेपछि पुनः बजार बन्द भएको थियो।