Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

दैनिकी न्यूज

१२, आषाढ २०७७
घुस लिएको अभियोगमा मुद्दा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले रु तीन लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले रु ३० हजार ५०० घुस लिएको पाइएको छ ।
उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले आज मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - २१:३३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology