बाजुरा । बाघको छालासहित बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका(६ पन्धारा बस्ने २३ वर्षीय खगेन्द्र खड्का, सोही नगरपालिका(७ बस्ने ३९ वर्षीय राम बहादुर अयडी र बडिमालिका नगरपालिका-५ मना बस्ने २४ वर्षीय बिर्क साउँद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ । रासस