काठमाडौँ। शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा ५ सय रुपैयाले घटेको छ।
शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ९० हजार ६ सय रुपैयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहिबार सुनको मूल्य स्थिर रहेको थियो भने , बुधबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयामा कारोबार भएको थियो ।
यस्तै,शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
तर आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलमा ५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहिबार चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो ।