Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद शेयर असार १४ गतेदेखि निष्कासनमा

शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद शेयर असार १४ गतेदेखि निष्कासनमा

दैनिकी न्यूज

११, आषाढ २०७७
शिखर इन्स्योरेन्सको रोकिएको हकप्रद शेयर असार १४ गतेदेखि निष्कासनमा
images

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर असार १४ गतेदेखि विक्री खुला हुने भएको छ ।

यस अघि चैत १३ गतेदेखि विक्री खुला गर्ने भनिएकोमा लकडाउनका कारण स्थगित भएको थियो । हाल देशमा लकडाउनको अवस्था सामान्य भएकाले कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशतका दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्राथमिक बजार पूर्ण अनलाईन भइसकेको अवस्थामा आवेदकहरुले मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन् ।

साथै एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु काठमाडौंको पुतलीसडक, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुङ्गा बीरगञ्जको आदर्शनगर, बुटवलको ट्राफिकचोक र विराटनगरको गोल्छाचोकसँगै उक्त कम्पनीको थापाथलीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।

सार्वजनिक निष्कासनमा आस्वा अनिवार्य गरिएकाले यो सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - २१:४३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology