Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पुरुष पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पुरुष पक्राउ

दैनिकी न्यूज

९, आषाढ २०७७
आफ्नै  छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पुरुष पक्राउ
images

ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरमा एक पुरुष पक्राउ परेका छन्।  महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२०७६ कात्तिक १२ गतेदेखि बिभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोको डीएसपी मित्रबन्धु  शर्माले बताए ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - १२:४३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology