Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

दैनिकी न्यूज

७, आषाढ २०७७
धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
images

बारा । छिमेकी २६ वर्षीय राजेश माझीलाई धारिलो हतियार खुर्पा प्रहरी गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी बस्ने २१ वर्षीय सुरज लामा र उनकै मामा २९ वर्षीय पासाङ लामा रहेका छन् ।

सुरजसँगको सामान्य बादबिबादमा धारिलो हतियार प्रहार गर्दा माझी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

घाइते माझीको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १३:०६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology