Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः मेघगर्जनसहित वर्षा, नदीमा पानीको वहाव बढ्ने, सचेत रहन आग्रह

मौसम पूर्वानुमानः मेघगर्जनसहित वर्षा, नदीमा पानीको वहाव बढ्ने, सचेत रहन आग्रह

दैनिकी न्यूज

६, आषाढ २०७७
मौसम पूर्वानुमानः मेघगर्जनसहित वर्षा, नदीमा पानीको वहाव बढ्ने, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वि उत्तर प्रदेशको भू–भागमा न्युन चापिय प्रणाली अवस्थित छ। हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको देखिन्छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ, जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०६ गते (शनिबार)

दिउँसोः   सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक  वा दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०७ गते (आईतबार)

दिउँसोः   सुदुर पश्चिम तथा कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक  वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार ०८ गते (सोमबार)

दिउँसोः   सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही  स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश नं ५  का एक  वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः   सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही  स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। 

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०६:२९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology