Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सेवाग्राहीको भीडले कार्यालयमा उच्च जोखिम

सेवाग्राहीको भीडले कार्यालयमा उच्च जोखिम

दैनिकी न्यूज

६, आषाढ २०७७
सेवाग्राहीको भीडले कार्यालयमा उच्च जोखिम
images

चितवन । कोरोना सङ्क्रमण हुन नदिन भौतिक दूरी कायम गर्न लगाउने निकायमा नै नियमको पालना नभएको देखिएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, मालपोत कार्यालय, भरतपुर अस्पताललगायतमा अहिले सेवाग्राहीको भीडले गर्दा कोरोना सङ्क्रमणको उच्च जोखिम बढेको छ । सवारी साधनको कर तिर्न जाने सेवाग्राहीको चाप बढेपछि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा व्यवस्थापन गर्न कठिन हुँदा सङ्क्रमणको जोखिम बढेको हो । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले कर तिर्नका लागि आउनेको भीडले समस्या बनाएको छ । दूरी कायम गर्न अनुरोध गर्ने, स्थान छुट्याइदिने, साबुनपानीको व्यवस्था गर्दासमेत सेवाग्राहीले नियमको पालना गर्नुभएको छैन भन्नुभयो । पौडेलले हामीले धेरै पटक अनुरोध गरेका छौँ तर सेवाग्राही नै मान्नुहुन्न भने ।

उनका अनुसार यातायात कार्यालय भरतपुरमा सवारी कर तिर्ने, नवीकरणलगायतका कार्यका लागि अहिले दैनिक छ सयभन्दा धेरै सेवाग्राहीले राजस्व बुझाउन आउने गरेका छन् । लकडाउनका कारण तीन महिना रोकिएको काम एकैपटक हुँदा चाप बढेको भन्दै सूचना अधिकारी पौडेलले असार महिनाभित्र कर तिर्न आउँदा जरिवाना नलाग्ने भन्दासमेत सेवाग्राहीले नमानेको जानकारी दिए । कार्यालयमा बिहीबार मात्रै ५० लाख रुपियाँ राजस्व उठेको थियो ।

मोटरसाइकलको कर तिर्न आएका रोशन काफ्लेले यही कामले आएको छु, अब अर्को दिन कसरी आउने, आजै तिरेर जानुपर्ने छ भन्नुभयो । उनले आफूले मात्र दूरी कायम गरेर हुँदो रहेनछ, अर्कोले आएर पालो मिचेर अगाडि जान्छ, कसरी पछि बस्ने ? भने ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेवाग्राहीलाई जति भने पनि मान्नुभएको छैन, भीड हुने कार्यालयमा आफैँले अनुगमन गरेर सुधार गर्न निर्देशन दिएको छु, बिस्तारै पालना होला भने । उनले मालपोत कार्यालयमा पनि सेवाग्राहीको भीड बढेको भन्ने सूचना आएको छ, प्रशासनमा पास लिन, अन्य कामका लागि आउनेको भीड वृद्धि भएको छ । यसलाई हामीले स्वास्थ्यको हिसाबले व्यवस्था गर्दैछौँ बताए । गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०६:०५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology