काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से०) मा बिहीवार दुई कम्पनीको शेयर २ करोड ८६ लाख १६ हजार ६७७.५० कित्ता शेयर सूचिकृत भएको छ । यसरी सूचिकृत गर्ने कम्पनीहरुमा प्राइम कमर्सियल बैंक र नेशनल माइक्रोफाइनान्स रहेका छन् ।
नेप्सेमा प्राइम कमर्सियल बैंकको कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चातको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता शेयर सूचीकृत भएको हो । प्राइमले कैलाशलाई प्राप्ति गरि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार गरेको हो ।
त्यस्तै नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयर पनि बिहीवारनै सूचीकृत भएको छ । कम्पनीले बोनस शेयर वापतको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो ।
शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात सूचीकृत भएको उक्त शेयर कारोबार गर्न सक्नेछन् ।