Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार एकैदिन बर्दियामा ३१ जना संक्रमित थपिए

बुधबार एकैदिन बर्दियामा ३१ जना संक्रमित थपिए

दैनिकी न्यूज

३, आषाढ २०७७
बुधबार एकैदिन बर्दियामा ३१ जना संक्रमित थपिए
images

बर्दिया । बर्दियामा एकैदिन ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये बढैयाताल गाउँपालिकामा मात्र २६ जनामा कोरोना संक्रमण भएको छ ।

गाउँपालिकाको १ र २ नम्बर वडाका २६ जनामा कोरोना देखिएको हो । वडा १ मा १५ र २ मा एघार जनामा संक्रमण भएको भेरी अस्पताल, नेपालगञ्जले जनाएको छ ।

उता बर्दिया बाँसगढी नगरपालिकामा ४ र राजापुरमा एकजना थपिएका छन् । बाँसगढी ३ का दुईजना र वडा नम्बर ७ र ९ का एक–एकजना रहेका छन् । राजापुरको वडा नम्बर ५ मा एकजना संक्रमित थपिएका छन् । योसँगै बर्दियामा बुधबार एकैदिन ३१ जना कोरोना पोजिटिभ पुष्टि भएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १४:३३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology