Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिमलको काठ सहित पक्राउ

सिमलको काठ सहित पक्राउ

दैनिकी न्यूज

३, आषाढ २०७७
सिमलको काठ सहित पक्राउ
images

बारा । कलैया उपमहानगरपालिका वडा नं. १२ धर्मनगर टोल बस्ने ४५ वर्षीय शिव शंकर धानुकलाई करिब ७० क्यूफिट सिमलको गोलिया काठ सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले कैलाया उपमहानगरपालिका–१० मटिअर्वास्थित सडकमा ना ७ त ३५७३ नम्बरको ट्याक्टरमा अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त काठ फेला पारी ट्याक्टर चालक धानुकलाई पक्राउ गरेको हो ।

बरामद काठ र ट्याक्टर सहित उनलाई आवश्यक कारवाहीको लागि सव डिभिजन कार्यालय कलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १३:१३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology