Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमित ६ हजार ५९१ पुग्यो

कोरोना संक्रमित ६ हजार ५९१ पुग्यो

दैनिकी न्यूज

२, आषाढ २०७७
कोरोना संक्रमित ६ हजार ५९१ पुग्यो
images

काठमाडौँ । मंगलबार थप ३ सय ८० कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टमा देशभर ३८० कोरोना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।

३८० जना संक्रमित थपिएसंगै देशभर कोरोना संक्रमितको जम्मा संख्या ६ हजार ५९१ पुगेको छ । जसमा पुरुष ६ हजार ९२ जना र महिला ४९९ जना रहेका छन् ।

देशभर हालसम्म १ लाख ४३ हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने २ लाख २३ हजार ५१९ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ पीसीआर परीक्षण गरिएको छ ।

देशरभका क्वारेन्टाइमा १ लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ५ हजार ५ सय ३१ कोरोना संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार मंगलबार ११७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ। । हालसम्म ७३ जिल्लामा फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १६:३३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology