Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२, आषाढ २०७७
काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण
images

काठमाडौं । अहिलेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा कारोना भाइरस संक्रमित (कोभिड–१९) को संख्या ४३ जना पुगेको छ ।

सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना निको भएर घर फर्कि सकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् । काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १२:४५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology