Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रत्येक घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिदै

प्रत्येक घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिदै

दैनिकी न्यूज

३२, जेठ २०७७
प्रत्येक घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिदै
images

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएका २ सय ७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - ०६:४७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology