Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८४ पुग्यो

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८४ पुग्यो

दैनिकी न्यूज

३१, जेठ २०७७
वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८४ पुग्यो
images

हेटौँडा । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईले जानकारी दिए ।

उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत ९३।६५० सङ्क्रमण छ । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । रासस

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - ०९:१५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology