Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुन भित्रियो, यी स्थानमा वर्षाका कारण शतर्कता अपनाउन महाशाखाको आग्रह

मनसुन भित्रियो, यी स्थानमा वर्षाका कारण शतर्कता अपनाउन महाशाखाको आग्रह

दैनिकी न्यूज

३१, जेठ २०७७
मनसुन भित्रियो, यी स्थानमा वर्षाका कारण शतर्कता अपनाउन महाशाखाको आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहिरहेको छ।

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर सामान्य बदली  रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका ही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः  देशभर सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङसहित वर्षाको संभावना रहेको छ । प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०१ गते (सोमबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङसहित वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर सामान्यदेखि पुर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश ३, प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - ०७:४६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology