Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

३०, जेठ २०७७
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
images

ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नंं ८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १२:३४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology