Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बागलुङमा पाँच थान भरुवा बन्दुकसहित ६ पक्राउ

बागलुङमा पाँच थान भरुवा बन्दुकसहित ६ पक्राउ

दैनिकी न्यूज

३०, जेठ २०७७
बागलुङमा पाँच थान भरुवा बन्दुकसहित ६ पक्राउ
images

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित छ जनालाई पक्राउ गरेको छ ।

अवैध हतियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

त्यसैगरी ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट सोही ठाउँका बमबहादुर घर्तीको एक थान भरुवा बन्दुक फेला परेकाले उनीहरु दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको केसीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १०:०१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology