Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः देशभर सामान्य बदली, यस्तो छ तीनको मौसम

मौसम पूर्वानुमानः देशभर सामान्य बदली, यस्तो छ तीनको मौसम

दैनिकी न्यूज

२९, जेठ २०७७
मौसम पूर्वानुमानः देशभर सामान्य बदली, यस्तो छ तीनको मौसम
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ २९ गते (बिहीबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः देशभर सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित  वर्षाको  संभावना रहेको छ।

जेठ ३० गते (शुक्रबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  संभावना रहेकोछ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको   संभावना रहेको छ।

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०७:२८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology