तनहुँ । बन्दिपुर गाउँपालिका वडा नंं १ उपल्लो फाँटस्थित जंगलमा शिकार खेल्न हिंडेको अवस्थामा ४ जनालाई मंगलबार साँझ १ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ब्यास नगरपालिका वडा नं. १२ सिमलटारी बस्नेहरु १९ वर्षीय संदिप मगर, १९ वर्षीय सन्तोष गुरुङ, २१ वर्षीय सुजन थापा मगर र बन्दिपुर गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षीय हिन्जम गुरुङ रहेका छन् । शिकार खेल्न गएकामध्ये बन्दिपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय धर्मपाल गुरुङ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
अवैध रुपमा भरुवा बन्दुक सहित शिकार गर्न हिँडेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।