Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ

ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ

दैनिकी न्यूज

२७, जेठ २०७७
ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ
images

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताए।

पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो।

बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।

पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ११:१३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology