Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको ठहर

कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको ठहर

दैनिकी न्यूज

२६, जेठ २०७७
कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको ठहर
images

ललितपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको  केन्द्रीय कार्यसमितिको बैठकमा सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको काङ्ग्रेस केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिए ।

पार्टीका तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले ज्ञापन पत्र बुझाउने छ । प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत कांग्रेसका केन्द्रीय सदस्यहरुले उठाएका छन् । मंगलबारदेखि संसदमा समेत यस बिषयलाई जोडदाररुपमा उठाउने तयारीमा कांग्रेस रहेको छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २१:४६:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology