Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यस वर्ष मनसुन ढिला सुरु हुने

यस वर्ष मनसुन ढिला सुरु हुने

दैनिकी न्यूज

२६, जेठ २०७७
यस वर्ष मनसुन ढिला सुरु हुने
images

काठमाडौँ । यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने भएको छ । नेपालमा मनसुन भित्रिने समय आउन दुई दिन मात्र बाँकी छ तर मनसुनको छेकछन्द छैन । अहिले पूर्वमनसुन नै सक्रिय हुँदा पश्चिमी र अन्य वायुले वायुमण्डल ढाकिराखेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्षको जुन १० तारिख मनसुन सुरु हुने मिति हो । पूर्वमनसुनी गतिविधि र अन्य मौसम प्रणाली अझै सक्रिय रहेकाले मनसुनका लागि उपयुक्त वातावरण बन्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि नेपालमा ‚थानीय वायु, पश्चिमी वायु र निसर्ग चक्रवातपछिको विहारमा रहेको न्यून चापीय प्रणालीको असर कायमै छ ।
पूर्वमनसुनको पश्चिमी वायुसँगै पछिल्लो समय दुईवटा चक्रवातको असरले मनसुनी प्रणालीलाई थप असर गरेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । बङ्गालको खाडीमा बनेको अम्पुन चक्रवात र हालसालै अरब सागरमा बनेको निसर्ग चक्रवातले मनसुनी गतिविधिमा बदलाव ल्याएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०७:३१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology