Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ

दैनिकी न्यूज

२२, जेठ २०७७
प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ
images

रुकुम पश्चिम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्ष पक्राउ परेका छन्।

मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको आरोपमा प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो। केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेका प्रहरीले जनाएको छ।

मंगलबार राति वडाध्यक्ष केसी नेतृत्वको समूहले प्रहरी चौकीमा तोडफोड गरेका प्रहरीले जनाएको छ। तोडफोडपछि वडाध्यक्ष केसीसहित सबै फरार थिए। फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

केसीका अनुसार सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेका थिए। त्यसपछि स्थानीय २०–२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेका अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्‍याएको साउदको भनाई छ।

घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको साउदले बताए। रासस

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - ०७:४८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology