काठमाडौं । मोटरसाइकल चोर्दै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुमा मोटरसाइकल चोर्दै गरेका धादिङका दिपेश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
बा ८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।