Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुन पसल चोरी गर्ने एक भारतीयसहित तीन जना पक्राउ

सुन पसल चोरी गर्ने एक भारतीयसहित तीन जना पक्राउ

दैनिकी न्यूज

१९, जेठ २०७७
सुन पसल चोरी गर्ने एक भारतीयसहित तीन जना पक्राउ
images

काठमाडौं । लकडाउनको समयमा सुना पसलमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० अमरसिंङ चोक घर भइ गोंगबु बस्ने १७ वर्षीय मिलन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भइ ठमेल बस्ने ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारी सुगौली–६ भइ ठमेल बस्ने २५ वर्षीय ऋषि मुनि कुमार रहेका छन्।

काठमाडौंमा चोरीका घटना बढ्दै गएपछि निगरानी बढाएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो। चोरीमा संलग्न तीनजनाले सरकारीधारा स्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडी प्रवेश गरि पसल भित्र रहेको बिभिन्न सुन तथा चाँदिका गर गहना समेत गरि अन्दाजी २ लाख २३ हजार सात सय २० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकोहरुबाट प्रहरीले विभिन्न सामान समेत बरामद गरेको छ। उनीहरुबाट सुनको मंगल सुत्र थान १, सुनको चन्द्रमा हार थान १, चाँदीको पाँउजु थान २५, किरिङ २ थान, दियो १ थान, बच्चाको कल्ली ७ थान, औंठी ३ थान, चाँदी जन्तर २ थान, प्लेट ३ थान, बेरुवा वाला १ थान, ब्रासलेट १ थान, सिक्री १ थान तथा चाँदीका लकेट १३ थान बरामद भएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - २०:४६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology