Logo

सोमवार, श्रावण २५ गते २०८३

images

३ दिनको मौसम पूर्वानुमानः कहाँ–कहाँ हुन्छ वर्षा ?

३ दिनको मौसम पूर्वानुमानः कहाँ–कहाँ हुन्छ वर्षा ?

दैनिकी न्यूज

१९, जेठ २०७७
३ दिनको मौसम पूर्वानुमानः कहाँ–कहाँ हुन्छ वर्षा ?
images

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान जारी मौसम बुलेटिनमा नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको उल्लेख छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहि प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भू–भागमा वर्षा भइरहेको छ।

पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)

 दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पश्चिमी र पूर्वी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०७:०५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology