Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने

चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने

दैनिकी न्यूज

१८, जेठ २०७७
चीनले यो वर्षको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने
images

काठमाडौं । २०७७ चीनले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुनसक्ने बताएको छ। विश्वभरका मुलुकहरु कोरोनाविरुद्धको खोप बनाउने दौडमा रहेका बेला चीन सरकारले यही वर्षको अन्त्यसम्म खोप तयार हुनसक्ने जनाएको हो।

चीनका सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो। बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ। चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो। वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन्।

अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ। त्यसका लागि दुई हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको रोयटर्सले जनाएको छ। एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ। एजेन्सी

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०९:२०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology