Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमान महाशाखा भन्छः हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह

मौसम पूर्वानुमान महाशाखा भन्छः हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह

दैनिकी न्यूज

१८, जेठ २०७७
मौसम पूर्वानुमान महाशाखा भन्छः हावाहुरी सहित वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं, जेठ १८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ १८ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रहि देशका  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)

 दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

 रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)

 दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

 रातीः  देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

मनसुन नजिकिँदै
अहिले प्रिमनसुन चलिरहेको छ। यसपछि अब मनसुन अर्थात् वर्षा याम लाग्नेछ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार ५/१० वर्षयताको अभिलेख हेर्दा नेपालमा सामान्यतया जुन १० तारिखभन्दा पछि मनसुन भित्रिएको छ।

‘अहिले मनसुन विकास गर्ने प्रणाली बंगालको खाडीमै छ,’ उनले भनिन्, ‘त्यसले भारतकै केही स्थानमा असर देखाउन थालेको छ, बिस्तारै नेपाल प्रवेश गर्ने सम्भावना हुन्छ।’

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०७:३५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology