काठमाडौं । एनआईसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न लागेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ पक्राउ परेको भक्तपुर जिल्ला प्रहरी प्रमुख एबं एसपी सविन प्रधानले बताए ।
उनलाई एटिमएम फुटाउँदै गर्दा गएराति २ः१५ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिनुभयो। भक्तपुर मध्यपुरथिमी नगरपालिका–६, बाहखाबजारमा रहेको सन्जिव चित्रकारको घरको भुँइतलामा एनआइसी एसियाको एटिएम छ ।
एटिएम तोडफोड हुँदैछ भन्ने सूचना पाउनासाथ घटनास्थल पुगेका प्रहरीले तोडफेडका लागि प्रयोग गरिएको ह्याम्मर लगायतका सामाग्री पनि बरामद गरेको छ। पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।