Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

दैनिकी न्यूज

१५, जेठ २०७७
बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
images

सर्लाही, जेठ १५ । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका वडा नं. ५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो ।

अभियुक्तको तत्काल खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा विनोदलाई प्रहरीले पक्राउ गरेको हो ।

राम अधिनले जग्गा जमिन अभियुक्तका दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा प्रयोग भएको बाँसको लठ्ठी लगायतका सामान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १२:५८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology