Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ

दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ

दैनिकी न्यूज

१५, जेठ २०७७
दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ
images

नवलपरासी, जेठ १५ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् ।

घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए ।

अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ११:४४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology