Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रपतिद्वारा २३३ कैदीबन्दीलाई माफी मिनाहा

राष्ट्रपतिद्वारा २३३ कैदीबन्दीलाई माफी मिनाहा

दैनिकी न्यूज

१५, जेठ २०७७
राष्ट्रपतिद्वारा २३३ कैदीबन्दीलाई माफी मिनाहा
images

काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ । रासस

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०८:२९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology