Logo

मंगलवार, आश्विन २० गते २०८३

images

चाँदीको मूल्य बढ्यो, सुनको भाउ स्थिर

चाँदीको मूल्य बढ्यो, सुनको भाउ स्थिर

दैनिकी न्यूज

२०, आश्विन २०८३
चाँदीको मूल्य बढ्यो, सुनको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको थियो। त्यसअघि आइतबार सुनको भाउ २ हजार ९ सय रुपैयाँले घटेको थियो। लगातार दुई दिन घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

यता, चाँदीको मूल्य भने आज प्रतितोला ८५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ३० रुपैयाँमा झरेको थियो।

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, गत माघ १५ गते नै चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्यमा भने गत माघ १८ गते एकै दिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो। यो नेपाली बजारमा चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो गिरावट हो।

images
प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - ११:१५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology