Logo

सोमवार, आश्विन १९ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

९, आश्विन २०८३
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौँ । बिहीबार तोलामा ३ हजार २ सय घटेको सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलाको २ लाख ९९ हजार १ थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। बिहीबार सुनको भाउ १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको भाउ तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको भाउमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो भाउ अहिलेसम्मकै सबैभन्दा बढी हो।

images
प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - ११:०९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology