Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सुनको भाउ आज घट्यो, चाँदीको मूल्यमा वृद्धि

सुनको भाउ आज घट्यो, चाँदीको मूल्यमा वृद्धि

दैनिकी न्यूज

५, आश्विन २०८३
सुनको भाउ आज घट्यो, चाँदीको मूल्यमा वृद्धि
images

काठमाडौं । दुई दिनमा ५ हजार ७ सय बढेको सुनको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँ घटेर ३ लाख ३ हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको थियो।

त्यसअघि बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ शुक्रबार र आइतबार लगातार बढेको थियो।

त्यसैगरी आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको भाउ तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको भाउमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो भाउ अहिलेसम्मकै सबैभन्दा बढी हो।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - १४:४५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology