काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो ।
त्यस्तै, सुनको भाउ प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको भाउ आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिदश ग्राम चाँदीको भाउ ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।