Logo

शनिवार, आश्विन ३ गते २०८३

images

जनपद प्रहरीमा ३३४ जनाका लागि रोजगारी खुल्यो, असईमा २११ पद

जनपद प्रहरीमा ३३४ जनाका लागि रोजगारी खुल्यो, असईमा २११ पद

दैनिकी न्यूज

२, आश्विन २०८३
जनपद प्रहरीमा ३३४ जनाका लागि रोजगारी खुल्यो, असईमा २११ पद
images

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३ सय ३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक (असई) सहित कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक पदमा २ सय ११ जनाका लागि आवेदन माग गरिएको छ। त्यस्तै प्रहरी कार्यालय सहयोगीअन्तर्गत भान्छे पदमा ८३, हजाममा १५ र कुचिकारमा २५ जना माग गरिएको छ।

असई पदका लागि इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। अन्य पदका लागि पनि प्रहरी प्रधान कार्यालयले तोकेको योग्यता र प्रक्रियाअनुसार आवेदन दिनुपर्नेछ।

दरखास्तसम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिएको छ।

images
प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - ०८:१४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology