Logo

बिहिवार, आश्विन १ गते २०८३

images

५ प्रतिशत बोनसपछि एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

५ प्रतिशत बोनसपछि एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

१, आश्विन २०८३
५ प्रतिशत बोनसपछि एभरेष्ट बैंकको शेयरमूल्य समायोजन
images

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गरेपछि नेप्सेले ५ प्रतिशत बोनस शेयरलाई आधार मानेर शेयरमूल्य समायोजन गरेको हो।

समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार बैंकको शेयर प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। सोही मूल्यलाई आधार बनाएर नेप्सेले बोनस शेयरको अनुपातअनुसार नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजित मूल्यलाई आधार मानेर आज बिहीबारदेखि दोस्रो बजारमा एभरेष्ट बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले असोज १४ गते बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभामा बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

त्यसैगरी, बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि सभामा छलफल गरी निर्णय गरिनेछ। 

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०८:२५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology