Logo

बुधवार, भाद्र ३१ गते २०८३

images

मुगुमा बिहानै दुईपटक भूकम्प

मुगुमा बिहानै दुईपटक भूकम्प

दैनिकी न्यूज

३१, भाद्र २०८३
मुगुमा बिहानै दुईपटक भूकम्प
images

काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे गएको थियो। उक्त भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ।

त्यसपछि बिहान ४ः२८ बजे पुनः भूकम्प गएको हो। दोस्रो भूकम्प ४.२ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

दुवै भूकम्प मुगु आसपास केन्द्रबिन्दु भएर गएको बताइएको छ। भूकम्पबाट भएको क्षतिबारे भने तत्काल कुनै विवरण प्राप्त भएको छैन।

images
प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - ०७:१५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology