Logo

बुधवार, भाद्र ३१ गते २०८३

images

दुई मोटरसाइकल ठोक्किँदा चालकसहित दुई जनाको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा चालकसहित दुई जनाको मृत्यु

दैनिकी न्यूज

३१, भाद्र २०८३
दुई मोटरसाइकल ठोक्किँदा चालकसहित दुई जनाको मृत्यु
images

काठमाडौं । सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ दुर्घटना भएको हो। मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको बिआर ३० एपी १२२४ मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुवै जना दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको डिएसपी वेदप्रकाश गौतमले जानकारी दिए।

दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ।

उनीहरूलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएका हुन्। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - ०७:०४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology