Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

काठमाडौं–हेटौँडा यात्रामा नयाँ नियम, आउने–जाने सवारीलाई छुट्टाछुट्टै रुट

काठमाडौं–हेटौँडा यात्रामा नयाँ नियम, आउने–जाने सवारीलाई छुट्टाछुट्टै रुट

दैनिकी न्यूज

१६, भाद्र २०८३
काठमाडौं–हेटौँडा यात्रामा नयाँ नियम, आउने–जाने सवारीलाई छुट्टाछुट्टै रुट
images

हेटौँडा । सवारी चाप बढेपछि काठमाडौं–हेटौँडा आवतजावत गर्ने साना यात्रुवाहक सवारीसाधनले आजदेखि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।

स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधनले हेटौँटाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ । त्यस्तै, काठमाडौंबाट हेटौँडा आउने सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ । सवारीसाधनलाई छुट्टाछुट्टै मार्गबाट सञ्चालन गर्ने नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने जाम तथा लामो समयसम्म सवारी रोक्नुपर्ने समस्या कम हुने प्रशासनको अपेक्षा छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - ०८:१८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology