Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन

दैनिकी न्यूज

१५, भाद्र २०८३
भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन
images

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट गरी ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार बाढीपछि अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्। घटनामा २६७ जना घाइते भएका छन्।

उद्धार तथा खोजी कार्य जारी रहे पनि हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

images
प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - ११:२६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology