Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

पूर्ण ट्रेसिङद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख ६४ हजार सहयोग

पूर्ण ट्रेसिङद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख ६४ हजार सहयोग

दैनिकी न्यूज

१५, भाद्र २०८३
पूर्ण ट्रेसिङद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख ६४ हजार सहयोग
images

ललितपुर । ललितपुरको पाटनस्थित पूर्ण ट्रेडिङ इन्टरनेशल प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख ६४ हजार आर्थिक सहयोग प्रदान गरेको छ।

देशमा आइपरेको प्राकृतिक विपत्ति र सङ्कटको घडीमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यका साथ कम्पनीले सोमबार सो रकम राहत कोषको राहत कोषमा जम्मा गरेको हो ।

सहयोगबारे जानकारी दिँदै कम्पनीका अध्यक्ष संजय मुल्मीले सङ्कटको यो समयमा नागरिक स्तरबाट पनि हातेमालो गर्नु कर्तव्य भएको बताए।

‘देशमा आइपरेको महाविपत्तिमा सरकार र पीडित जनतालाई सानो भए पनि मद्दत पुगोस् भनेर यो सहयोग गरेका हौँ,’ अध्यक्ष मुल्मीले भने, ‘भविष्यमा पनि राहत, पुनर्निर्माण तथा प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिने जस्ता कार्यमा कम्पनीले प्रत्यक्ष रूपमा सघाउनेछ।’

images
प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - १८:३९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology