काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला रु ३ लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु ४ हजार ५९५ मा कारोबार भएको थियो ।