Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो

दैनिकी न्यूज

२५, बैशाख २०८३
सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो
images

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ पाँच हजार २७५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - ११:४६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology